कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी

  • ख-
  • ख+

काठमाडौं – फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ ।

भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको हो ।

सामाजिक सञ्जालका माध्यमबाट कोरोना भाइरसबारका गलत सूचना अनियन्त्रितरुपमा सार्वजनिक भएको गुनासो बढिरहँदा फेसबुकले यस्तो घोषणा गरेको हो ।

फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट तथा शेयर गर्ने प्रयोगकर्ताहरुको न्युज फिडमा नै चेतावनीपूर्ण सन्देश आउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरु भ्रमबाट जोगिउन भनेर फेसबुकले भ्रामक सूचनालाई फेसबुकमा लाइक, कमेन्ट तथा सेयर गरेमा सिधै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को वेबपेजमा पुग्ने व्यवस्था मिलाइएको छ ।

फेसबुकको भ्रामक समाचार समस्याबारे भ्वाइस नामको समूहले अभियान चलाएपछि फेबसुकले गत बिहिबार यस्तो घोषणा गरेको हो ।

उक्त समूहले १०४ वटा कोरोना सम्बन्धी फेसबुक पोस्ट तथा भिडियोहरुमाथि अनुसन्धान गरेकोमा सबै सबै भ्रामक पाइएको थियो । ती भ्रामक सामग्रीहरु १७ लाखपटक शेयर तथा ११ करोड ७० लाख पटक हेरिएको दावी गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्