नेपाल चिकित्सक संघ गण्डकीका संस्थापक अध्यक्ष स्व.डा.कुमार शम्शेरकाे पाँचौं दिनमा शोकसभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेपाल चिकित्सक संघ गण्डकीले संस्थाका संस्थापक अध्यक्ष स्व.डा.कुमार शम्सेर राणाकाे पाँचाै दिनमा शोकसभा गरेकाे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेण्ट वरिष्ट चिकित्सक समेत रहेका स्व.चिकित्सक शम्शेरकाे ८६ वर्षको उमेरमा पाँच दिन अघि निधन भएको थियाे ।

मंगलवार भएकाे शाेकसभामा शाखाका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहाकार प्रा.डा. वुद्धिवहादुर थापाले स्व.चिकित्सकको सम्झना गर्दै उनले चिकित्सीय र सामाजिक क्षेत्रमा पुर्याउनुभएकाे अतुलनिय याेगदानकाे स्मरण गरे ।

सभामा शाखाका उपाध्यक्ष डा. कृष्णचन्द्र रिजालले स्व.डा.कुमार शम्शेर राणाकाे जीवनीकाे बारेमा स्मरण गरेका थिए ।

शाेक सभामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकवहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, निर्देशक प्रा.डा. भरत वहादुर खत्री, शाखाका अध्यक्ष डा. राजन शर्मा, वरिष्ठ उपाध्यक्ष डा. सुनिल पनेरु, उपाध्यक्ष डा. कृष्णचन्द रिजाल, सचिव डा. शुसिल तिमिल्सिना सहित करिव एक सय २० जना चिकित्सकहरुकाे उपस्थिति रहेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयोगशाला सभाहलमा आयोजना गरिएकाे शाेकसभामा उपस्थित सम्पुर्ण चिकित्सकहरुले स्व.चिकित्सककाे फोटोमा पुष्पगुच्छा चढाई सम्मान व्यक्त गरेकाे नेपाल चिकित्सक संघ गण्डकी शाखाका वरिष्ठ उपाध्यक्ष डा. सुनिल पनेरुले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्