विद्यालयललाई वडा अध्यक्षको सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

असोज १३ पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् ।

क्षेत्रीले एक कार्यक्रमका विच स्याङ्जाको फेदीखोला १ स्थित पर्से भाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई संयुक्तmरुपमा रकम हस्तान्त्रण गरेको हो ।

आर्थिक अभाव झेल्दै आएको विद्यालयलाई क्षेत्रीले निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता बराबरको एक लाख ४ हजार विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका थिए । पहिलो फेजमा ३२ हजार सहयोग गरेका क्षेत्रीले बाँकी रहेको रकम आवश्यता हेरि छिट्टै प्रदान गर्ने बताए ।

कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक र कर्मचारी गरि १४ जना रहेका छन् । जसमा ४ जना शिक्षक, बाल शिक्षिका र एक जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन भने बाँकी ९ जना निजी स्रोतबाट तलबभक्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले निकैनै कठिन हिसावले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरि ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’

१९४ जना अध्ययनरत विद्यालयले आगामी शैक्षिकसत्र देखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्