विकास निर्माणमा जनताको सुझावसँगै अघि बढ्ने एमाले उम्मेदवार गुरूङको प्रतिवद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न ३(क)का प्रत्यासी उम्मेदवार गणेशमान गुरूङले आफु विजयी भएपछि जनताका सुझाव र सल्लाह अनुसार मात्र काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

विहिवार पोखरा २५ हेमजामा आयोजित हेमजा कमिटिको विस्तारित बैठकमा उनले मतदाताको सल्लाहा भन्दा बाहिर रहेर केहि नगर्ने बताएका हुन् ।
उनले हेमजा कृषिको उर्भर भुमि भएका कारण कृषिलाई अझ प्रमोट गर्न भरपुर लागि पर्ने बताए ।

उम्मेदवार गुरूङले आफुले हेमजाबासी लज्जा हुने र शिर निहुराएर हिड्नपर्ने कनै पनि काम नगर्ने स्पष्ट पारे । देश विकास र रक्षाको लागि पनि यस पटक सुर्य चिन्हमा मत दिन हेमजाबासीलाई उनको आग्रह छ ।

चुनाव लक्षित कार्यक्रम अन्तर्गत नेकपा (एमाले) कास्की ३ (क) अन्र्तगतका वडाहरूमा कार्यकर्ता भेटघाट तथा वडा कमिटिका विस्तारित बैठकहरू नियमित जसो हुने गरेका छन् ।

यसैगरि भोलि माछापुच्छ्रेको रिभान र घलेलमा वडाको विस्तारित बैठक हुने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्