‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । ‘अगस्त्य : च्याप्टर १’ मा विजय बराल, प्रमोद अग्रहरि र रविन्द्र झा कलाकारको रुपमा जोडिएका छन् । पछिल्लो समयका यी चर्चित अभिनेताहरु फिल्मको महत्वपूर्ण भूमिकामा रहने लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

फिल्मको शीर्ष भूमिकामा यसअघि सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन जेठ १२ गतेदेखि भारत उत्तरप्रदेशको गोरखपुरबाट सुरु हुने जनाइएको छ । गोरखपुरमा २५ दिन र त्यसपछि सप्तरीको राजविराज र काठमाडौंमा छायांकन तालिका छ । नेपाल र भारतमा गरेर कुल ६५ दिन छायांकन गर्ने तालिका रहेको जनाइएको छ ।

यो एक्सन थ्रिलर फिल्मले हराएकी प्रेमिका खोज्न मुख्य पात्रले गर्ने संघर्षको कथा भन्छ । ‘लभ डायरिज’ फेम्ड चौधरीको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । सञ्जय लामाले फिल्म छायांकन गर्नेछन् ।

प्रकाश मल्ल र अनिश तामाङको निर्माण हुने फिल्ममा सौगातको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा मलिकाले अभिनय गर्ने बुझिएको छ । फिल्मको बजेट तीन करोड रुपैयाँ पुग्ने जनाइएको छ । डार्क हर्स इन्टरटेनमेन्टले च्याप्टर १ र च्याप्टर २ श्रृंखलाको घोषणा गत पुस १७ गते गरेको थियो । साभार: अनलाइनखवर डट कम

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्