पोखरामा ओमोडा ई५ डीएलएक्स र जेको जे६ सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

 पोखरामा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गर्दै जेको जे६ र ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महाप्रबन्धक आशीष दाहाल एवं इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले गाडी सार्वजनिक गरेका थिए ।

इलाइट मोटर्सका चेयरम्यान बरालले ओमोडा ई५ र जेको जे६ का निम्ति उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका बताए । ग्राहकका निम्ति एक्सचेन्ज र फाइनान्सलगायत सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । पोखरामा चाँडै नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गरिने उनको भनाइ छ ।

एसपीजी अटोमोबाइल्सका डाइरेक्टर शारडाले नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइनसहितका सवारीसाधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसनसहित आफ्नो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।

पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको वान–स्टप सुविधा उपलब्ध गराएको उनले उल्लेख गरे । उनले देशभर १५ भन्दा बढी सर्भिस नेटवर्क र ५० भन्दा धेरै स्थानमा चार्जिङ स्टेसन विस्तार भइरहेको बताए ।

ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट शुरु हुने कार्यक्रममा जानकारी दिईयाे ।

ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर रहेकाे बताइएकाे छ ।

जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ । यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क रहेकाे  छ ।

गण्डकी क्षेत्रको लागि ओमोडा र जेको अटोमोवाइल्सको आधिकारिक वितरक इलाइट मोटर्स प्रालि रहेकाे छ । यसले विगत १४ वर्षदेखि ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्