पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
लेकसाइड स्ट्रिट नम्बर १५ मेन रोडमा रहेको रेस्टुरेन्टमा नेपाली, इन्डियन, चाइनिज, थाई लगायत २ सय ५० भन्दा बढी खाना-खाजाका परिकार उपलब्ध हुने रेस्टुरेन्टका सञ्चालक तारा घर्तीमगरले बताए ।
नेपालीहरूको महान पर्व विजयादशमीको घटस्थापनाका दिन सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा कात्तिक १ गतेसम्म १५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको अर्का सञ्चालक गौरव घर्तीमगरले बताए ।
करिब २ करोड लगानीमामा सञ्चालनमा आएको रेस्टुरेन्टमा करिब १ सय २० जनालाई एकै पटक सेवा दिन सकिने बताईएकाे छ ।
नेपालमै रोजगार सिर्जना गर्नको लागि बिहान १० बजेदेखि राति ११ बजेसम्म रेस्टुरेन्ट सञ्चालनमा रहने र २५ जना युवा जनशक्ति रोजगार रहेको बताए । रेस्टुरेन्टमा डिपार्ट अनुसार कुकिङमा १२ जना र रिसेप्सन, वेटर लगायतमा गरी १३ जना कार्यरत रहेका ताराले बताए ।
रेस्टुरेन्टका सञ्चालक तारा घर्तीमगरले पोखराका नाम चलेका रेस्टुरेन्टहरु प्रमुख कुक भएर काम गरेको र रोजगारीको लागि १० वर्ष सिंगापुर बसेको अनुभव रहेको बताए ।
ताराले रेस्टुरेन्टको खाना-खाजालाई अझ गुणस्तरीय बनाउन र स्पेसल्ली सी फुडको लागि मलेसियन कुकलाई रेस्टुरेन्टमा ल्याएर आफूसहित कुकिङमा काम गर्नेलाई खानाका परिकार बनाउन सिकाएका छन् ।
४० दिनको लागि मलेसियन कुकलाई सि फुड कोर्स र श्रमिक १२ लाख खर्च रहेको उनको भनाई छ । मलेसियन कुक वर्किङ टाइम कन्ट्रक्ट सकेर फर्केपछि कुकिङको नेतृत्र्व तारा आफैले गर्ने बताए ।
लेक स्पाइस रेस्टुरेन्टको उद्घाटनको लागि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल लगायतले सफलताको शुभकामना व्यक्त गर्दै पर्यटकले रोजेको खाजा-खानाको र स्पेसल्ली सिफुडको स्वाद लिन पाउने विश्वास व्यक्त गरे
उद्घाटन समाराेहमा तारा घर्तीमगरका बुबा खड्कबहादुर घर्तीमगर र गौरव घर्तीमगरका बुबा वीरबहादुर घर्ती मगर उपस्थित थिए ।