१६ बुँदे काडमाडौँ घोषणा पत्र जारी गर्दै दुई दिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेशागत संगठन तथा युवा अभियान्ताहरुको दुई दिने राष्ट्रिय युवा सम्मेलन काठमाडौँ सम्पन्न भएको छ ।

समापनको अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरु बाँकी रहेको र यो सरकार सो प्रक्रियामा अगाडि बढेको बताउँनु भयो । उहाँले दुई दिने सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो निती र कार्यक्रमसंग जोड्ने प्रतिवद्धता जनाउनु भयो ।

युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शुक्रवार देखि काठमाडौंमा प्रारम्भ भएको सो कन्फ्रेन्सले दिगो पुर्वाधार निमार्ण, गुणस्तरिय र डबल हेल्मेट प्रयोग, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन, दिगो र वातावरणमैत्री यातायात, अन्तर्राष्ट्रिय डाइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेशागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता मागसिहत घोषणा पत्र जारी गरेको छ ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा आयोजित यस सम्मेलनका सहभागीहरुले आफै समाजको मोडल बन्ने, सडक सुरक्षा मोटिभेटर बन्ने र नागरिक समुदाय परिचालन गर्ने लगायत विषयमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटी (ल्बतष्यलब िथ्यगतज ऋयलाभचभलअभ ायच क्बाभ ७ क्गकतबष्लबदभि ःयदष्ष्तिथ० शिर्षक सो राष्ट्रिय युवा सम्मेलनको कार्तिक ३० गते युवा तथा खेलकुंद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नु भएको थियो ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि नेपालका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न २ दिने सम्मेलनमा सडक दुर्घटनाबाट हुने अकाल मृत्यु रोक्नका लागि युवाहरुको भुमिकाबारे पुर्व मन्त्री भटराईले प्रकाश पार्नु भएको थियो ।

देशभरीबाट सहभागी भएका करिव १०० जना युवाहरु, अतिथि तथा वत्तालाई युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई. किरण धितालले स्वागत गर्दै सम्मेलनको निस्कर्ष आगामी फेबुअरीमा मोरोक्कोमा हुने गोवल युथ एसेम्ब्लीमा प्रस्तुत गरिने जानकारी दिनु भयो ।

उद्धाटन समारोहमा बागमति प्रदेश श्रम, रोजगार तथा यातायता मन्त्री प्रम भक्त मर्हजनले बागमति प्रदेशको यातगात सुधारमा मन्त्रालय कार्यरत रहेको तथा पेशागत संस्थासंग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल लोतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले सडक सुरक्षा र युवा सहभिगतामा आ–आफ्नो संस्थाको प्रविद्धता व्यक्त गर्नुभयो ।

स्टार रेटिङ सेशनमा धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र ललिपुरको आदर्श सौलः युवक माध्यमिक विद्यालयलाई स्टार रेटिङ अवार्ड प्रदान गरिएको थियो । समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवाश भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमान र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धी प्रस्तुति गरेका थिए ।

विभिन्न सेशन र वर्कसप गरी सञ्चालन गरिएकोे सो कार्यक्रममा एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई,े इन्टरमोडल टान्स्रपोर्टेसन विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, सडक सुरक्षाकी पीएचडी स्कलर भगवती सेढाई र भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयका शंकर धामीले प्रस्तुतिकरण गर्नु भएको कि–नोट सेशनको अध्यक्षता राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारीले गर्नु भएको भियो ।

त्यसैगरी, प्लेनरी सेशनमा डा. अशिम भण्डारी, दिनेश पाण्डे, सरोज प्रधान र टोप बहादुर जिसीले प्रस्तुतिकरण गर्नु भएको सेशनको अध्यक्षता नेपाल अटो मेकानिक्स व्यवसायिक संघका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानले गर्नु भएको थियो ।

युथ एडभोकेसी सम्बन्धी वर्कसप सेसन युथ फर रोड सेफ्टी इन नेपालका किरण धिताल र मनिका बम्माले सञ्चालन गरेका थिए । नासा नेपालकी सह–कोषध्यक्ष कमला छेत्रीको अध्यक्षतामा भएको सो सेशनका सहभागीहरुले आफ्नो क्षेत्रमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

सम्मेलनको वेल विइङ सेशनमा बातावरण प्रविधि, सोशल मिडिया, युवा र नैतिकता, सञ्चारमाध्यम, र कानुनी व्यवस्था बिषयहरु बारे डा बिदुर ढुंगेल, प्रकाश घर्ती ,मञ्जु चित्रकार, एकराज सुवेदी र सामना बरालले प्रस्तुति दिनु भएको थियो ।

त्यसैगरी सम्मेलनको लाइफ सेभिङ सेशनमा डा.बुलन्द थापा, डा. कुलेश बहादुर थापा र विपिन गौतमले पोस्ट क्र्यास रेस्पोन्स सिस्टम, दुर्घटना पश्चातको प्राथमिक उपचार र मोटरसाइक्लिङ सेफ्टी विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । सो सेशनको अध्यक्षता डा. ज्योति गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा युवा र सडक सुरक्षा सम्बन्धि प्रस्तुति प्रकृति अर्यालले र सडक दुघटनाको पीडित परिवारको तर्पmबाट अतिथि वक्ता एन्जीला न्यौपानेले सडक दुघटना पीडितलाई सरकारले संवोधन गनुपर्ने विषयमा आ–आफ्नो धारण राख्नुभएको थियो ।

सोही समारोहमा नेपाली मोटरस्पोर्टस्, अटोमोवाइल्स मोविलिटि तथा सडक सुरक्षामा विशेष योगदान दिनुहुने ठाकुर प्रसाद न्यौपाने, मेघराज पौडेल, पीएन अधिकारी, उज्वलजंग शाह, एकराज सुवेदि र विपिन गौतमलाई मन्त्री दाहालले प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।

समापनमा दिगो सडक र सुरक्षीत यातायत, नेपालको दिगो विकास, दिगो पर्यटन तथा उद्दम र रोजगारीको समेत मुख्य आधार रहेकोले दजर्नौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पैmसला, प्रतिवद्धता तथा कार्यक्रमहरु यथासक्य छिटो सुरु गर्न नेपाल सरकारलाई अनुरोध गर्दै अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराईले सम्मेलनको निस्कर्ष सडक सुरक्षा सम्बन्धि चौथो विश्व मन्त्रीस्तरीय सम्मेलनमा प्रस्तुत गर्ने बताउनु भयो ।

सहभागीको अनुभव, धारणा र अनुरोधसहितको भनाई सुस्मिता सुब्बाले दिइन् भने सम्पूर्ण सहभागीहरुको तर्फबाट अंकित भण्डारीले धन्यवाद मन्तव्य १६ बुँदे काठमाडौं घोषणापत्र मन्त्री दाहाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा बागमति प्रदेश श्रम, रोजगार तथा यातायता मन्त्रालय, राष्ट्रिय युवा परिषद्, त्रिभुवन विश्वविद्यालय, नेसनल रोड सेफ्टी अलायन्स, नासा फाउण्डेशन नेपाल, कवच गिएर्स, एसटिआर एड्भर्टिमेन्टस, टुरमाण्डु नेपाल र मोटरिङ नेपाल लगायत संघसंस्थाको सहकार्य थियो ।

दुइ दिने सो सम्मेलनको सहजीकरण नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले गर्नुभएको थियो भने समापन कार्यक्रमको अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्