पोखरा बिरौटामा स्केटिङ पार्क र प्लेजोनको उद्घाटन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा १७ स्थित बिरौटामा एक नयाँ स्केटिङ पार्क र प्लेजोन सञ्चालनमा आएको छ। यस पार्कको उद्घाटन वैदेशिक रोजगारीबाट फर्केका ४ युवाले गरेका हुन्। घैलेन्द्र केसी, मिलन कार्की, सुनील पौडेल र सर्वोदय ढकालले आफ्नो लगानीमा उक्त पार्क स्थापना गरेका हुन्।

समाजसेवी नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गरी पार्कको उद्घाटन गरे। कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नयाँ पार्कमा स्केटिङ, स्लाइडिङ इन बल, ट्राम पोलिङ, क्लाइम्बिङ, बुल राइड र जम्पिङ जस्ता विभिन्न मनोरञ्जनात्मक खेल गतिविधिहरू उपलब्ध छन्। यसका माध्यमबाट युवाहरूलाई व्यस्त राख्न र स्वस्थ मनोरञ्जनको अवसर प्रदान गर्ने उद्देश्य लिइएको छ।

समारोहमा उपस्थित नेताहरू र समाजसेवीहरूले युवा पलायनको समस्यामा राज्यले अझ बढी ध्यान दिनुपर्ने र युवा उद्यमशीलतामा प्रोत्साहन पुर्याउन आवश्यक रहेको कुरामा जोड दिए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्