सुनचाँदीको मूल्य हालसम्मकै उच्च,प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं ।

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य हालसम्म कै उच्च दरमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको  महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्