पाेखरामा ‘भकारी अर्गानिक रेष्ट्रो’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता, मनोरञ्जन र दृश्य अवलोकनको साथै पद यात्रा र साहसिक खेलले पनि परिचित ठाउँ हो ।आन्तरिक देखि बाह्य पर्यटक रोजाइमा पर्ने पोखरामा सामान्य ढावा देखि तारे होटेल सम्म सन्चालनमा छन । यस्तै अब खानाको पारखीहरुको लागि नयाँ गन्तव्य थपिएको छ । त्यो हो “भकारी अर्गानिक रेष्ट्रो” । मौरी इन्भेस्टमेन्ट प्रा.ली.ले यहि बैशाख १ गतेबाट पोखराको प्रस्याङ्गमा अर्गानिक खाना लागि रेस्टुरेन्ट तथा घरबास सन्चालनमा ल्याएको हो ।

७० जनाले एकै पटकमा खाना खाजा सेवा लिन सक्ने यस रेस्टुरेन्टमा अहिलेलाई १० जनाले घरबासको सुबिधा लिन सक्छन । घरबासमा एक हजार रुपैयाँमा दुई छाक खाना र बस्ने सुबिधा ग्राहकले पाउने ब्यवस्थापक लोकनाथ शर्मा भट्टराईले बताए । भट्टराईले थपे “अहिले खाना खाजा र घरबासको मात्र ब्यवस्थापन गर्ने गरेका छौँ । हामीले बिस्तारै पदयात्रा र दृश्य अवलोकनलाई पनि प्याकेजिङ्ग गर्ने गरि तयारी गर्दै छौँ ।”

बिदेशमा काम गरेकाहरुको अनुभबले स्वदेशमानै केहि गरु भन्ने उद्देश्यको साथ मौरी इन्भेस्टमेन्ट प्रालिको स्थापन भएको निर्देशक पुष्कर बिश्वकर्माले बताए । उनले भने हामीले रेस्टुरेन्ट तथा घरबासबाट पर्यटनलाई आकर्षण गर्ने, किसानलाई बजार र उपभोक्तलाई किसानसंग जोड्न खोज्दै छौँ । किसानको उत्पादनलाई हामी रेस्टुरेन्टमा प्रयोग गर्छौं । जुन ताजा र अर्गानिक हुन्छ । किसान बजार पनि सन्चालन गर्ने तयारी गर्दै छौँ ।”

अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेन्ट भन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुरेन्ट संचालनमा ल्याइएको जानकारी सन्चालक समितिका अध्यक्ष कमला शिरीष मगरले गराईन ।

हाईजेनिक खानाका परिकार मात्रै नभई ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने “भकारी अर्गानिक रेष्ट्रो” मा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ ।

मौरी इन्भेस्टमेन्टले अहिले मल, बीउ सहितको कृषि स्रोत केन्द्र, कृषि सामाग्री र औजार, मिल, पानी तान्ने मोटर पम्प साथै फलफूलको बिरुवाको पनि बिक्री बितरण सुरु गरेको छ । संस्थाले सम्बृद्ध कृषि सहकारी पनि सन्चालान गरेको छ । जहाँ सदस्यता लिने ग्राहकले हरेक सामाग्रीको खरिद तथा सेवा सुबिधामा ५ देखि १० प्रतिशत छुट प्राप्त गर्ने सिइओ प्रदीप खत्रीले जानकारी दिए ।

प्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाएको यस व्यवसायमा अप्रत्यक्ष धेरै जना लाभान्वित हुने छन । ३५ देखि ४० बर्ष उमेर समुहका सात जना युवाले “मौरी जस्तै मेहनती र संगै जुटेर काम गरौँ ” भनी एक करोड रुपैयाँको लगानिमा ब्यवसाय सुरु गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्